कंगोमा जहाज दुर्घटना - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कंगोमा जहाज दुर्घटना



एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोमा जहाज दुर्घटना भएको छ ।

१७ जना यात्रु बोकेको जहाज गोमा सहरमा दुर्घटना भएको हो । प्रान्तीय सरकारका अनुसार दुर्घटनामा केहीको ज्यान गएको छ । तर संख्या यकिन भइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

‘बिजी बी’ कम्पनीको जहाज बेनी सहरका लागि उड्न लाग्दा दुर्घटना भएको हो । घटनास्थलमा अहिले उद्धारकार्य जारी छ ।