जागिरका लागि परीक्षा दिनु पर्दैन, कफी राम्ररी पिए पुग्छ। - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

जागिरका लागि परीक्षा दिनु पर्दैन, कफी राम्ररी पिए पुग्छ।



जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना त गर्नुभएकै होला। परीक्षा तथा अन्तर्वार्ता भनेपछि मनमा डर उत्पन्न हुन्छ। तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि परीक्षा दिनुपर्दैन। कफी पिउने कुरामा अब्बल ठहरिए पुग्दछ ।

अष्ट्रेलियाको एक अकाउटिङ सफ्टवेयर कम्पनी Xero ले यस्तो अनौठो खालको कफी परीक्षा लिन्छ उम्मेदवारका लागि। उक्त परीक्षणको नाम हो, कफी कप टेस्ट। यो कफी परीक्षामा फेल हुनेलाई जागिरमा राखिँदैन।

कम्पनीका प्रमुख ट्रेन्ट इनेसले एक कार्यक्रमका दौरान आफूहरूको कफी परीक्षाको बारेमा बताएका छन् । उनका अनुसार कम्पनीमा जागिरका लागि आउने उम्मेदवारलाई उनी आफ्नो किचेनसम्म लैजान्छन् र कफी पिउँदै बाहिर आउँछन् र गफ गर्दछन् । गफ गरिरहँदा कपको कफी सकिइसकेको हुन्छ । वास्तवमा कफी खाइसकपछि खाली कपलाई उम्मेदवारले बाहिरै छाड्छ कि किचेनमै लगेर छाड्न चाहन्छ भन्ने कुरा थाहा पाउनु उनको यो परीक्षणको मुख्य उद्देश्य हो ।

उनका अनुसार हामीले सीपको विकास गर्न सकिन्छ, ज्ञान प्राप्त गर्न सकिन्छ । तर व्यवहार र दृष्टिकोण भन्ने कुरामा आफैमा अन्तर्निहित हुन्छ । आफुले कफी पिएको कपलाई आफैले किचेनमा लगेर आफै धुनुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएको उम्मेदवारलाई कम्पनीले जागिरमा राख्दैन । आफ्नो कफी कप आफैले धुनुपर्छ भन्ने मूलमन्त्र कम्पनीमा जागिर खान आउनेहरुका लागि एउटा प्रमुख आवश्यकता हो ।
(एजेन्सी)