सीएल शर्माको  "जून लुक्यो आकाश "को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सीएल शर्माको  “जून लुक्यो आकाश “को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)



बिशाल पाण्डेय / काठमाडौं ।। 

पश्चिम नेपालको बर्दियामा २०३८ सालमा जन्म भई नेपाली सांगीतिक दुनियाँमा २०६६ साल देखि प्रवेश गरेका चर्चीत युवा गायक तथा संगितकार सीएल शर्माको अत्यन्तै मर्मस्पर्शी गीत “जून लुक्यो आकाश “को म्युजिकभिडियो भर्खरै “वाइडस्क्रीन मिडिया” मार्फत युट्युबबाट सार्वजनिक भएको छ ।

यस गीतको म्युजिकभिडियोलाई निर्देशन चर्चित गायक तथा संगितकार तुला पर्वतले गर्नु भएको छ । गितमा रक्षा श्रेष्ठ, तुला पर्बत तथा श्रीशा कुँवरको अभिनय देख्न सकिन्छ । २०६५ साल मा दिपक लिम्बुको स्वरमा सजिएको चर्चित गीत “अन्मिएर तिमी चढ्ने डोली कस्को होला ” मा सगिंत भनेर चर्चा कमाईसक्नुभएका शर्माले करीब ८० को हाराहारीमा गीतमा संगीत भरिसक्नुभएको छ ।

“आधा मुटु”, “सहीछाप -१ र “सहीछाप -२” गरी आफ्नो ३ तीनवटा एकल सांगीतिक एल्बम निकाली सक्नुभएका शर्माको आफ्नै स्वरमा सजीएका गीतहरु “एकै नजरैले”, “बद्लियो मेरो जिन्दगी”, “मुटु नै बिझाउने” तथा “हुक्का मीठो ” जस्ता गितहरुलाई नेपाली स्रोताहरुले मन पराएका थिए ।