४ महिलासहित यी हुन् जनमत पार्टीका समानुपातिक सांसद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

४ महिलासहित यी हुन् जनमत पार्टीका समानुपातिक सांसद



काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ।

निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो।

जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन्।

धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् ।

२ जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको हो।