सीके राउतले भने : हाम्रो ठूलो विजय भयो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सीके राउतले भने : हाम्रो ठूलो विजय भयो



राँझा । नवगठित जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् ।

बाँकेको जानकी गाउँपालिका– ६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् ।’

सरकारसँग गरेको सम्झौता आफूहरुको ठूलो विजय भएको उनले बताए ।

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको उनको भनाइ थियो । उनले युवालाई रोजगार दिएर मधेशलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको बताए ।

अध्यक्ष राउतले आजै हजरत सैयद शाह बाबा मेलाको उद्घाटनसमेत गरे । उक्त मेला तीन दिनसम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बालकराम चौहानले जानकारी दिए । (रासस)