शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा



बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल बुद्दचोकमा रहेको शाखाको कम्पनीका ब्रण्ड एम्वेष्डर महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंस आचार्यले उद्घाटन गरे ।

भविश्यको सुरक्षाको लागि इन्सुरेन्स गर्न महाजोडीले सबै नेपालीलाई अग्रह गरे । सानो सानो बचत गदै जिवलाई सुरक्षित पर्न र परिवारको लागि पनि इन्सुरेन्स गर्न जरुरी रहेकोमा महजोडीले बताए ।

यही बर्ष बाट संचालनमा आएको कम्पनीले शाखा बिस्तार गर्ने क्रममा बुटवलमा शाखा बिस्तार गरिएको कम्पनीका सिईयो पोषकराज पौडेलले बताए ।

२ अर्व ५० करोड चुक्ता पुजी रहेको इन्सुरेन्स कम्पनीको ३ अर्व अधिकृत पुजी रहेको छ ।

कार्यक्रममा कम्पनीका बजार बिभाग प्रमुख कबी फुयाल, प्रमोटर रिता पाठक, शिखर इन्सुरेन्सका किरण काफ्ले, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, एम्स कलेजका प्रमुख दिपक ढकाल, जगत बहादुर पोखरेल, अर्जुन ज्ञवाली, गोपाल पाण्डे लगायतले सफलताको शुभकामना दिएका थिए ।

क्षत्रीय प्रवन्धक सुनिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सुमन श्रेष्ठले संचालन गरेका थिए ।