ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश



कपिलवस्तु : इसाई धर्मावलम्बीहरुले आफनो प्रमुख चाड क्रिसमस सोमवार धुमधामसंग मनाएका छन् ।

जिजस क्राईस्टको जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन । यसुको सम्झना गर्दै जिल्लामा रहेका ढेड दर्जन बढी गिरजाघरमा उनीहरुले सामुहिक प्रार्थना, मनोरंजन र भोजन गर्दै सो पर्व मनाएका हुन ।एक महिना देखि करेल खेल्दै आएका ईसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिदै हर्षोल्लासकासाथ पर्व मनाएका छन् ।

उनीहरुले केट काटदै काटी अङगुरको झोल समेत पिएका थिए । गिरजाघरहरुमा गरिएको बिशेष कार्यक्रममा बाईबलको पाठ र यशुका बिषयमा चर्चा गरिएको थियो । यस्तै मनोरंजनकालागि शान्ता क्लजको प्रतिक प्रर्दशन गरिएको थियो । कपिलवस्तुको तौलिहवा, चार नम्बर , सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगर लगयतका गिरीजाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो । मानवजातिको मुक्तिदाताको रुपमा रहेका ईशु ख्रिस्टको महान जन्म दिनमा आफुहरुकालागि बिशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेविट चौधरीले बताए ।

‘ मानवजातिको रक्षाकालागि परेश्वरले एक मात्र पुत्र संसारमा पठाउनु भएको थियो, जसले उहाँमाथी बिश्वास गर्छ उसले अनन्त जिवन पाउछ । ’ चौधरीले क्रिसमसको महत्व बारे प्रकाश पारे । तत्कालीन समयमा अन्याय, अत्याचार ,बिभेदमा परेका मानिसलाई बचाउन क्रसमा चढी आफनो बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए ।

येशुकै संझना ईस्वी संबत प्रारभ्भ भएको समेत बताईन्छ । दिन दुःखीलाई सशक्त बनाउन येशुले महत्वपुर्ण शिक्षा दिएकोले त्यो सो त्याग मानवजातिकै लागि प्रेरणा बनेको थापाको भनाई छ । नेपालमा ४ सय बर्ष अघि देखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आरधनालय संचालन गरिएको थियो । त्यसयता क्रिस्चियन धर्मावलम्बीहरु बढदै गएको पाईएको छ । २०६८ सालको जनगणना अनुसार जिल्लामा १ हजार १ सय १५ जना क्रिस्चियनहरु रहेका छन् ।