चितवन, बारामा मतगणनाको तयारी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चितवन, बारामा मतगणनाको तयारी



आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मध्ये तनहुँको मतगणना मध्यरात देखि जारी छ।

चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन। मतगणनाबारे निर्णय गर्न सोमबार बिहान यी क्षेत्रमा सर्वदलीय बैठक बस्दैछ।

बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको छ। रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण आज बैठक स्थगित भएको थियो।

यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

बिहान ६ बजे उक्त क्षेत्रमा सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिएका छन्।