चित्रकला प्रदर्शनी सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चित्रकला प्रदर्शनी सम्पन्न



बुटवल : लायन्स क्लव आफ बुटवल ममणिमुकुन्द को आयोजनामा अन्तर निमावि चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।

बुटवल तथा आसपासका ११ बिद्यालय सहभागि रहेको प्रतियोगिता भविष्यको लागी चित्रकला भन्ने नाराका साथ सञ्चालन गरीएको संयोजक लायन्स रिवन्द्र कक्षपतिले जानकारी दिए ।

कान्तीपुञ्ज बोर्डिङ स्कुल हाटबजार बुटवलमा भएको कार्यक्रममा क्लवका केन्द्रीय उपाध्यक्ष लायन्स सुनिल ओझा, लायन्स काजिमान श्रेष्ठ, लायन्स महेन्द्र नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा दिपबोर्डिङ स्कुल प्रथम, क्यानन मावि द्वितिय, एभरेष्टबोर्डिङ तृतिय र एभरेष्ट माबि सान्त्वना भएको कान्तिपुञ्ज बिद्यालयका शिक्षक प्रकाश शुबेदीले जानकारी दिए । बिजेतालाई नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।