प्रकाश सपुतको अभिनय तथा निर्देशनमा गरौजाले ल्याए तीज गीत (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रकाश सपुतको अभिनय तथा निर्देशनमा गरौजाले ल्याए तीज गीत (भिडियो सहित)



समीर प्रकाश पाण्डे
नेपाली लोक दोहोरीको क्षेत्रमा बोल माया गीत बाट आफूलाई स्थापित गराएका सफल गायक प्रकाश सपूत पछिल्लो गलबन्दी गीत बाट कहीँ कतै बिबादमा तानिए पनि दर्शक श्रोताको मीठो साथ पाए । उनै गायक तथा मोडल प्रकाश सपुतको अभिनय र निर्देशन रहेको तिजको कोसेली “चिन मायाले” केही समय अगाडि सार्वजनिक भएको छ।

चर्चित गायक तथा सर्जक खुमन अधिकारीको शब्द सिर्जनामा रहेको चिन मायाले गीतमा दीपक गरौजा मगर र जुना श्रीस मगरको आवाज रहेको छ। विनोद बाजुरालिको एरेन्जमा रहेको गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो ।

उनै गायक तथा मोडल प्रकाश सपुत आफैले अभिनय र निर्देशन गरेको भिडियोमा सपुतलाई प्रतिमा थापाले अभिनयमा साथ दिएकी छिन । राजेश घिमिरेको छायाङ्कन,विष्णु शर्माको सम्पादनमा रहेको भिडियो साई भिजन प्रा.लि.को ब्यानरमा निर्माण भएको छ भने सम्झना डिजिटलले बजारमा ल्याएको हो ।