चीनमा बाढीले बगायो कार(भिडियो) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चीनमा बाढीले बगायो कार(भिडियो)



काठमाडौं – चीनको दक्षिणपश्चिमी भागमा भीषण वर्षा र बढी आउँदा विनाश मच्चिएको छ। पानीका कारण सडक अवरुद्ध भएका छन्, घरहरू भत्किएका छन् अनि स्थानीयहरू भाग्नुपरेको छ।

गुइचु प्रान्तमा शनिवारदेखि सोमवारसम्म भएको भीषण वर्षाका कारण तीनजनाको मृत्यु भएको र तीन अन्य हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

स्तब्ध बनाउने भिडियोहरूमा पार्क गरेर राखिएका कैयौं गाडीहरू बाढीको पानीमा बगेर गएको अनि विवश स्थानीयहरू टुलुटुलु हेर्न बाध्य भएको देखिन्छ।

भीषण वर्षाका कारण जुन्यी शहरमा सबभन्दा बढी असर परेको छ। त्यहाँ २०० मिलिमिटर वर्षा भएको छ।

बाढीका कारण ४ लाख ५५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् र कम्तीमा ६०० वटा घर क्षतिग्रस्त भएका छन्।

बाढीका कारण १५ सय हेक्टेयर खेतका बाली बगेर गएका छन्।

एक हजारभन्दा बढी उद्धारकहरूलाई गाउँ खाली गराउन र आपतकालीन मर्मत कार्य गर्न खटाइएको छ।

याङ्चे नदीमा प्रायः बाढी आइरहेको हुन्छ र नदीको किनारामा रहेका बस्तीहरूमा बाढी पसेको छ।

(एजेन्सी)