चाईल्डहुड लभ ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चाईल्डहुड लभ !



-दीपक घिमिरे

क्रिकेटको बलले प्रेमको खुट्टामा लागेपछी उ फिल्डमै थचक्क बस्यो । उता सबिना दर्शकदिर्घा बाट जुरुक्क उठी अनि दुवै हातले मुख छोपेर मनमनै भनी “ ओ माई गड ! सेभ हिम । ”

रेफ्रीले प्रेमलाई अवस्था सोधे , उ खोच्याउदै एरिया भन्दा बाहिर गयो । उसको ठाउँमा हेडसरले दिपेनलाई पठाए ।

प्रेमलाई एक्लै देखेर सबिना उसको नजिक गएर छेउमै बसी । आधा भएको मिनरल वाटरको बोतल दिँदै भनी “ ख्याल गर्नु पर्दैन ? ज्यानै फालेर खेल्नु पर्छ ? ”

प्रेमले पानी पियो अनि बल ले लागेको खुट्टा मुसार्दै भन्यो “ मलाई क्रिकेटको राम्रो खेलाडी बन्नु छ । तेरो उपदेश चाहिदैन , उताँ जा । ”

सबिनाले प्रेमको कपाल तान्दै भनी “ सान झार्च साले ! तलाई चोट लाग्दा मलाई दुख्छ बुझिस । ”

पानीको बोतल सबिनाको काखमा फालेर प्रेम फेरि फिल्ड तिरै गयो , सबिना चैँ नाक बटार्दै दर्शकदिर्घा मै आएर बसी ।

सात र आठ कक्षाको क्रिकेट प्रतियोगितामा यो पटक पनि आठ कक्षाले नै जित्यो , प्रेम म्यान अफ द म्याच बन्यो । प्रेम म्यान अफ द म्याच भएकोमा सबै भन्दा बढी खुसी सबिना नै भई । उ दुवै हात माथि उठाउदै चिच्याउदै भनी “ हु¥रे ! बेस्ट अफ लक प्रेम । ”

सबिना चिच्याउदै हुटिङ गरेको प्रेमले देख्यो , अनुहार कालो बनाउँदै सोच्यो “ पागल केटी ! ”

म्याच सकियपछी स्कुल छुट्टी भयो ।

सबिना प्रेमको पछि पछि हिडदै घर फर्किदै थिई , अलि पछाडि थियो दिपेन । प्रेम आफ्ना साथीहरू सँग गफिदै हिडदै थियो , सबिना उसको हरेक चाल सँग फिदा थिई । मुहारमा मन्द मुस्कान छाडदै सबिना प्रेमलाई हेरिरहन्थी अनि हिडिरहन्थी , एकसुरे भएर ।

“ ओए सबिना ,रुक ! ” पछाडि आइरहेको दिपेनले सबिनालाई रोक्न खोज्यो ।

पछाडि फर्केर सबिनाले भनी “ रुक्दैन ! ”

दिपेन दौडियो , सबिना झन् दौडेर प्रेमको ग्याङमा मिसिन आईपुगी । दिपेन अलि वरै अडियो ।

“ खै लेउ म झोला बोक्दिन्छु । ” सबिनाले प्रेमको झोला तान्दै भनी ।

“ पर्दैन ! आफै बोक्न सक्छु । ” प्रेम ले झोला अर्को साईडमा बोक्दै झ्याउ मानेको जस्तो व्यवहार देखायो ।

रिसाउदै सबिनाले भनी “ खुट्टा दुखेर हिडन अप्ठ्यारो भएको होला भन्ने ठानेर हो बौला । खुबै सान दिन्छस है । ”

अरू साथीहरू गललल हासे , सबिना रिसाउदै अझ अघि हिडन थाली ।

सबिना र प्रेमको घर एउटै बजार भित्र पर्छ । लमही बजारका नामुद व्यापारी खनाल बाजे कि नातिनी सबिना पनि पढाइमा कम्ती केटी होइन । स्कुलका मास्टर देखि बजारका छिमेकी अनि आफन्तीले उदाहरणै दिने जस्ती छोरी हो सबिना ।

उता प्रेम पनि ठ्याक्कै त्यस्तै । पढाइमा पनि अब्बल अनि सोझो । बाउको आफ्नै ब्याबसाय छ प्रेमको । बाजेले सुरु गरेको ब्याबसायलाई अहिले उसका बा ले सम्हाल्छन । भोलि यही ब्याबसाय प्रेमको हातमा आईपुग्छ । तर पनि उ खेल र पढाइलाई महत्त्व दिन्छ । पढाइमा क्लास भरीकै उत्कृष्ट बिधार्थी हो प्रेम ।

प्रेमलाई सबिना बाल्य काल देखिनै मन पराउछे । उ किन मन पराउछे थाहा पाउदिन रे तर सबै भन्दा धेरै मन पराउछे रे । अस्ति आरतीले सबिनाको लागी दिपेनको लभ प्रपोज ल्याईपु¥याउदा क्लास भित्रै सबिनाले भनेकी थिई “ यो सबिना प्रेम कि भैसकी , यस्ता हुलाकी काम नगर है केटी ! ”

आठ पास गरेर प्रेम अनि सबिना दुवै नौ कक्षामा पढने भए । प्रेम पढाई अनि खेलमा मात्र ध्यान दिन्थ्यो भने सबिना पढाइ अनि प्रेममा ध्यान दिन्थी । काचो उमेर भए पनि सबिनाको प्रेम पाको थियो । उ जीवनभर प्रेमकै हुने कसम खान्थी ।

सबिनालाई आफ्नो बनाउन स्कुलमा धेरै केटा लाइनमा हुन्थे । प्रेमको परिभाषा नबुझ्नेहरु पनि सबिनालाई प्रेम–पत्र लेखेर पठाउथे । हिम्मत भएकाले उसैलाई दिन्थे अनि हिम्मत नहुनेहरु सबिनाका लागी कोरियका प्रेम–पत्र उसको ब्यागमा सुटुक्क हालेर टाप कस्थे ।

बाल्यकाल देखि चलेको एकतर्फी माया बाट हार खाएकि सबिना स्कुले जीवनको अन्तिम दिन प्रेमलाई सबै भन्ने अठोट लिएर स्कुल पुगी । एक हप्ता पछि देखि एस एल सी परीक्षा थियो । आज स्कुलमा सामान्य कार्यक्रम थियो दस कक्षाको बिदाइ कार्यक्रम ।

मनमा हिम्मत जुटायर स्कुल पुगेकी सबिनालाई प्रेमले एक पटक पनि हेरेन अनि लभ प्रपोज गर्ने मौकै दिएन ।

उ हार खाएर क्लास मा आएर बसेकी मात्र थिई , उसका आँखा अगाडीको ब्ल्याकबोर्डमा पुगे , ब्ल्याकबोर्डमा लेखिएको थियो “ डि+एस ! ”

उ हतारिदै गएर कागजको खोष्टाले लेखिएको मेटाउने प्रयास गरी । उ लाजले रातो भई , तनावले अनुहार कालो भयो ।

भर्खर मेटाएर सकेकी मात्र थिई , दिपेन क्लास भित्र छि¥यो अनि सिरियस हुँदै भन्यो “ रियल्ली सबु ! आई लभ यु । मलाई बुझ्ने कोसिस गर । ”

रिसले आगो भएकी सबिना जुरुक्क उठेर बाहिर गै , दिपेन मास्टर बस्ने कुर्चिमा थचक्क बस्यो ।

निराश भएर घर फर्कदै गरेकी सबिनाले पिसिओ रोड निर प्रेमलाई भेटी । एक्लै हिडेको प्रेमलाई देखेर सबिनाको मुहारमा अलिकति हासो भेटियो ।

उ खुसी हुँदै कुदेर प्रेम नजिक आईपुगी , स्वाँ स्वाँ गरेकै स्वरमा प्रेमलाई भनी “ तिमी सँग काम थियो । एक छिन टाइम देऊ न ल । ”

उ वास्तै नगरी हिडिरह्यो , आफ्नै तालमा ।

सबिनाले प्रेमको हात समातेर भनी “ तिमी मलाई किन ईग्नोर गर्छौ ? ”

हात झटकारेर छुटाउदै प्रेमले भन्यो “ नट इन्ट्रेस्टेड इन लभ ! प्लिज लिभ मी अलोन । ”

सबिना टक्क अडिई , प्रेमलाई हेर्दै कसम खाई “ अब तेरो बाटो धाउदिन । ”

एस एस सी आयो , सकियो ।

प्रेमपत्र कोर्नेहरुले सबिनालाई प्रेमपत्र दिइरहे । उ स्कुल भरीकै राम्रो बिधार्थी अनि इज्जतिलो केटी थिई । उसका लागि मर्ने दिवानाहरुको कमी थिएन । तर उ मात्र प्रेमलाई प्रेम गर्थी । अरूका प्रपोज सबै ईग्नोर हुन्थे ।

पढाइमा अब्बल सबिना एउटा कलेज तिर लागी , प्रेम अर्को कलेज तिर लाग्यो । उनीहरूको भेट हुनै छाड्यो ।

अबोध उमेरमा हुने प्रेमकै कारण जीवन बर्बाद हुनेहरुको भिड बाट सबिनाले आफूलाई बचाई । जीवन अझ धेरै सुखमय हुन पनि सक्थ्यो तर आज सम्म स्कुले जीवनमा जतिका प्रेम भए अनि जतिले प्रेमलाई विवाहको रूप दिए , ती मध्य धेरैका घरवार अनि जीवन तहस नहस थियो ।

त्यसैले त सबिना आजभोली बुझ्दैछे कि किन बाबा मम्मी प्रेम सँगको प्रेममा बाधक हुनुहुन्थ्यो भनेर । त्यसैले त उ बुझ्दैछे कि बाल बिबहा रोक्न सरकार किन कम्मर कसेर लाग्दैछ भनेर ।

त्यो बेला प्रेममा नराम्रो सँग भास्सियको सम्झेर कहिले काहीँ सबिना एक्लै हास्छे । उ त्यो बेलाको प्रेमलाई भेटन आतुर पनि हुन्छे अनि लजाउछे पनि । पढाइ र उमेर सँगै आउने दिमागले उसलाई आजभोली परिपक्व छोरी बनाएको छ । त्यतिबेलाका सबै लभका चक्कर सपना जस्तै मान्दछे ।

प्रेम सहर बसेर पढन थालेपछि सबिनाले उसलाई भुल्दै गएकी थिई । उ प्रेम सँगको स्कुले जीवन सम्झेर हास्थी तर अझै मन चैँ पराउथी । दिमागमा जीवनको महत्त्व बुझ्ने भैसकेपछी उसले प्रेम घरमै माग्न आए हुन्थ्यो भन्ने सम्मको कल्पना गर्थी । प्रेम सँग प्रेम बिबहा होइन , मागी बिबहा गर्ने उसको रहर पलाएको थियो आजभोली । तर सबै असम्भव जस्तै थियो । किनकि प्रेम हैसियत बनाउन सहर छिरेको धेरै समय सम्म पनि फर्केन ।

दिन बित्न के बेर ! एक दिन सबिनाका बा आमा सँग सबिनाको हात माग्न एउटा घर आईपुग्यो । बुहारीलाई छोरी बनाएर राख्ने सपना देखेका ती घरका मान्छेका कुरालाई सबिनाका बा आमाले नकार्न सकेनन् । सबिना प्रेमलाई भेटेर अन्तिम पटक कुरा गर्ने सपना देख्दै निदाउथी तर यता बा आमाले उसका लागि माग्न आएको घर नै स्वर्ग जस्तै सुन्दर हुने सपना देखाउन थाले ।

सम्पर्क भन्दा टाढा भएको प्रेमलाई अन्तिम अफर सुनाउन नपाउदै सबिनाले बा आमाको कुरामा मुन्टो हल्लाउदै सहमति जनाई । अनि सुरु भयो बेहुली बन्ने प्रक्रिया ।

सबिनाका हातमा मेहन्दी लागे , घरमा झिलिमिली टागिए । रोटि पाके , घर अगाडी आगनमा केराको बुटा गाडेर जग्गे बन्यो । सबिनाका बा ले हैसियत अनुसार बिहे गर्दिए ।

सबिना खुसी थिई , सोचे जस्तै श्रीमान् पाई । बा आमा जस्तै सासू ससुरा पाई । उसले बिहे गरेकै दिन प्रेमलाई भुलिदिई पुर्णरुपमा ।

बिहेको दोस्रो दिन उ श्रीमान् सँग पाईलो फर्काउन माईत आई । आफ्नै घरको छतबाट सडकमा प्रेमलाई देखि । अझ धेरै सालिन अनि अझ धेरै भद्र रूपमा आएको प्रेमलाई देखेर कुदेर तल झरी ।

घरको मूल ढोका नाघ्नु भन्दा पैला उसले एक पटक अतीत सम्झी अनि वर्तमान पनि । उ टक्क रोकियर एक मिनेट सोची , अनि फेरि पाइला चालेर बाहिर निस्की ।

पुरानो प्रेम उसको दिलको राजा थियो , आजको प्रेम उसको स्कुले साथी मात्र थियो । उ उसलाई भेटेर अतीत सम्झिन मात्र चाहन्थी , प्रेम सँग प्रेमको भिख माग्न चाहदैनथि ।

उसले प्रेमलाई नजिकैको बगैचामा भेटी , प्रेमले अँगालोमा बेर्न खोज्यो । उसले रोक्दै भनी “ निक्कै ढिला भैसक्यो प्रेम । ”

प्रेमले आँखावाट आँसु झार्दै भन्यो “ मैले तिम्रो माया बुझ्नै सकेन । जुन दिन बुझे , त्यही दिन घर हिडेको हु । म आईपुग्दा तिमी अर्कै कि हुँदै थियौ । गएर रोक्नै सकिन । ”

उसका कुराले सबिना पनि नरोयर बस्नै सकिन । एक छिन दुवै जना हिक्का छाडेरै रोए । सम्हालिदै सबिनाले भनी “ अब म कसैकी छोरी , कसैकी श्रीमती अनि कसैकी बुहारी हु । अब इज्जतको पनि ख्याल गर्नु पर्छ । हिजो तिम्रो मात्र हुँदा तिमीले वास्ता गरेनौ अब हामी मात्र क्लास फ्रेन हौ ! ओके ? ”

प्रेमले आँखा पुछ्यौ , रुन्चे स्वरमा भन्यो “ भुल्न त भुल्दैनेस नि डल्ली ? ”

प्रेमले डल्ली भनेपछि सबिना फेरि एक पटक प्रेमको छातीमै टासियर रोई । सबिनाले पुराना दिन याद गर्दै भनी “ उतिबेला डल्लि भनेर त ईग्नोर गरिस नि , नत्र यसरी लुकेर अँगालोमा बेरिनै पर्थेन । ”

दुवैका रसाएका आँखा सुके अनि स्कुले दिन सम्झिदै ठट्टा गर्दै घर सम्म फर्किय ।