‘छ माया छपक्कै’को ५१औं दिन: १४ करोडको व्यापार - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

‘छ माया छपक्कै’को ५१औं दिन: १४ करोडको व्यापार



चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबार प्रदर्शनको ५१औं दिन पार गरेको छ। चलचित्र असोज २४ गतेदेखि प्रदर्शनमा आएको ।

दीपकराज गिरी, दीपाश्री निरौलासहितको टिममा रहेर रोहित अधिकारीको लागानीमा तयार फिल्मले काठमाडौंका ६ वटा हलमा ५१ दिन मनाउन सफल भएको हो।

फिल्मले अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज, गङ्गा हल, गुण सिनेमाज, सिडिसी सिनेमाज र बिएसआर सिनेमाजमा प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको प्रस्तुतिमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।

सामाजिक विषयवस्तु पानीको समस्या र त्यसमाथि हुने राजनीतिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ।

फिल्ममा ५१ दिनसम्म आइपुग्दा जम्मा १४ करोडको व्यापार गरेको खबर सार्वजनिक भएको छ। यद्यपि, फिल्म युनिटले भने यसबारेमा आधिकारीका जानकारी गराएको छैन।