भारतबाट गुल्मी रिडिकी अलपत्र चेलीको उद्धार - Himal Post Himal Post
  • ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
Logo

भारतबाट गुल्मी रिडिकी अलपत्र चेलीको उद्धार



गुल्मी । भारतको चण्डीगढवाट एक १७ वर्षिय युवतीको उद्धार गरिएको छ । गुल्मी रिडी घर बताउने पुजा थापा नाम परिवर्तनको उद्धार गरिएको हो ।

किशोरीलाई माघ १३ गतेको दिन भारतको मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा अलपत्र अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात निज चेलीलाई बिगत १० बर्ष देखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आइर्. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाईको मृत्यु भएको र उनको बावाले दोस्रो बिवाह गरेको खुल्न आएको छ ।

बाबाको बिहे पश्चात निजलाई उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो थिएन निज चेलीको भनाईलाई उद्धत गर्दै “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भए मेरो १ दिदी केहि महिना अगाडी देखी सम्पर्कमा छैनन” किशोरीले रुदै बताइन । आवश्यक प्रकृया र परामर्श पश्चात अझै बास्तविक घटना केहो भन्ने कुरा इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।

बास्तबिक घटना को बारेमा इप्रका रिडी संग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी दिए भने निज चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्र्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्म निर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आइर्. नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।