कस्तुप पन्तको मौलिक तीज भाका “चरी बस्यो नियाली गाजैमा ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कस्तुप पन्तको मौलिक तीज भाका “चरी बस्यो नियाली गाजैमा ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज लक्षित गीतहरू सार्वजनिक भैरहँदा नयाँ गीत “चरी बस्यो नियाली गाजैमा ” ” सार्वजनिक भएको छ ।

पर्वतमा जन्मिएर काठमाडौलाई कर्म थलो बनाउँदै लामो समय देखि नेपाली गीत संङ्गीतमा लागि परेका सफल गीतकार, सङ्गीतकार तथा गायक कस्तुप पन्तको लय, शब्द स्वरमा रहेको मौलिक तिजे गीतमा स्वरमा पन्तलाई चर्चित गायिका बिमा कुमारी दुराले साथ दिएकी छिन । पन्तले आफ्नो जन्मथलोमा आधारित रही , पर्वतका सुन्दर पहाडहरु, कालीगण्डकी, नेपालकै अग्लो पुल, कुश्मा बजार, फलेबास लगायतका ठाउँ हरू शब्दमा उतारेका छन् ।

मौलिकपन बोकेका तीजे भाका बजारमा आउन छाडेको र दर्शक श्रोतामा तीजका गीत आखिर कस्ता हुन्छन् त ? भन्ने भ्रम पैदा भइरहेको बेला वास्तविक तिजको आभास गराउन गीत ल्याएका हुन ।

पर्वतको विभिन्न स्थानहरुमा छायाङ्कन भएको भिडियो करन चैसिरको छायाङ्कन, विष्णु शर्माको सम्पादन रहेको छैन भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत मनु पन्तको प्रस्तुतिमा सारथी म्युजिक प्रा.लीले बजारमा ल्याएको हो ।