पाँच किलो चरेश सहित ३ जना पक्राउ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

पाँच किलो चरेश सहित ३ जना पक्राउ



बझाङ । पाँच किलो चरेश सहित बझाङमा ३ जना पक्राउ परेका छन् । मंगलबार राती पाँच किलो चरेश सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको वुगल नगरपालीका-२ बस्ने २२ वर्षिय जय बहादुर धामी, ३७ वर्षिय पदम जाग्री, र सोही वडाका २२ वर्षिय अजय बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

बुगल नगरपालीका- २ सुङरबगर भन्ने स्थानमा चेकंजाँच गर्ने क्रममा पक्राउ गरेकोे प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।