चर्चा बटुल्दै नब गायक राम बहादुर साउदको "गिदाउड्या छोरेट्टो" देउडा गितले(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

चर्चा बटुल्दै नब गायक राम बहादुर साउदको “गिदाउड्या छोरेट्टो” देउडा गितले(भिडियो सहित)



विशाल पाण्डेय

कैलाली ।। अछामको मेल्लेख गाउपालिका ७ नन्देगडा मौभेरीमा बुबा शिव साउद तथा आमा गेडुदेवी साउदका साईलो छोरा राम बहादुर साउद हाल कैलाली बहुमुखी क्याम्पस धनगढीमा बि.एस सि  अध्ययन गरिरहनु भएको छ ।अध्ययनकै सिलसिला मा उहाँ साहित्य सिर्जना मा पनि पोक्त्त हुनुहुन्छ । देउडा गित खेल्दा सधै गितहाल्ने हुनाले आफुलाई “गिदाउड्या छोरेट्टो”भनेर चिनाउन सफल हुनु भएको छ। उहाँ सुदुर पश्चिमका सबै जिल्ला लगाएत बर्दिया ,सुर्खेत मा गएर पनि देउडा खेली सक्नु भएको छ । आफ्नो नाम लाई शीर्षक राखेर भखरै मालाश्री स्टुडियो मा गित रेकर्ड गराई बुडासुब्बा डिजिटल प्रा.लि बाट सर्बत्र बजार मा ल्याउनु भएको छ । उक्त गितमा राम बहादुर साउद र गायिका निर्मला कार्की  बिष्टको स्वर रहेको गितको लय तथा शब्द-राम बहादुर साउद४ रहेको छ  भने निर्देशन भिम बिष्ट “अछामी रेखा थापा” र छायांकनमा अनुप बिक तथा सम्पादन अमित बि क को रहेको छ।

यो गितमा वास्तविक हाम्रो समाजमा भैइआएका कुराहरु समेटेर बनाईएको हुनाले बच्चा देखि वृद्ध सबै को मन जित्ने गायक राम साउद बताउनु हुन्छ। साथै सबै ले यो गित को लिन्क लाई सेयर गरिदिन हुनअनुरोध गर्नुभएको छ । दर्शक स्रोताहरुको माया पाए अझै यस्ता धेरै गितहरु ल्याएर आउने बताउनु हुन्छ गाएक साउद ।

भिडियो हेर्नुहोस