एमालेको भोट माग्ने एउटै आधार बृद्धा भत्ता हो : चन्द्र भण्डारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेको भोट माग्ने एउटै आधार बृद्धा भत्ता हो : चन्द्र भण्डारी



शँकर भसाल
गुल्मी : गुल्मी जिल्ला क्षेत्र नँ १ का प्रतितिधि सभा निर्वाचनका नेपाली काँग्रेश का उमेदवार चन्द्र भन्डारी ले बिपक्षि हरुले भोट माग्ने एउटै आधार बृद्धा भत्तालाई बनाएको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेशको चुनाबी सभालाई ग्वादिमा सँबोधन गर्दै नेता भण्डारी ले यस्तो बताउनुभएको हो । जनता हरुले खानेपानि को समस्या देखाउँदा होस अथवा मोटर बाटो निमार्णका लागी, एउटै शब्द बृद्ध भत्ता को नामले अल्मल्याई राखेको पनि उहाँले आरोप लगाउनु भएको छ ।

सभामा बोल्दै भण्डारीले २२ बर्ष शासन गरेर पनि जनतालाई भ्रममा मात्र राखेको र काँग्रेश ले गरेका कामहरु मैले गरेको भनि भाषण छाँटेकाले बाम का कुरा नपत्याउन पनि जनताहरुलाई आग्रह गर्नुभएको छ ।

आफुले गरेको बिकासका बिषयमा सँम्झीँदै भण्डारीले भन्नुभयो ,गुल्मी मा बिकास का काम २०७० साल बाट मात्र द्रुत गतिमा बढेको हो ,२०७० साल भन्दा पहिले गुल्मी मा जम्मा २ वटा पुल थिए ।मेरो कार्यकालमा ४२ वटा पुल मध्य कति बनिसके कति पुल निमार्णाधिन अवस्थामा छन ।यता २०७० सालमा गुल्मी मा पिवान मा परेका सडकहरु जम्मा ३ वटा थिए अहिले ७३ वटा भएका छन ।

जनताको घर फर्केर नहेर्ने बाम ले अहिले के आधारमा भोट मागेको छ । उहाँले भन्नुभयो । अधिकाँश स्वास्थ्य चौकि का भवन निमार्ण र बोटे माझी का बासहरु पनि आफ्नै कार्यकालमा बनेको र केहि बन्ने क्रममा रहेको उहाँले सभामा बताउनु भयो । यसमा थप्दै भण्डारी ले भन्नुभयो कुरा लाई नभएको हो र भएकोलाई होईन पनि भन्न सकिन्छ तर जनताले मैले गरेको बिकास लाई देखिसकेका छन । प्रत्यक्ष काम हेरेर मुल्याँकन गर्न र गर्ने लाई साथ दिन उहाँले जनता समक्ष अनुरोध पनि गर्नुभएको छ ।