सुशासन र समृद्धि विषयक सेमिनार किन ? यसो भन्छन् कार्यक्रमका संयोजक गणेश जोशी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुशासन र समृद्धि विषयक सेमिनार किन ? यसो भन्छन् कार्यक्रमका संयोजक गणेश जोशी



चैतन्य ग्रुपले शनिबारदेखि सुशासन र समृद्धि विषयक दुई दिने सेमिनार गर्दैछ । धुलिखेलको आगन्तुक रिसोर्टमा संचालन हुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवाला सबैको उपस्थिति हुनेछ । समृद्ध नेपालको लागि सुशासन पहिलो खुड्किलो भएकाले १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको हो ।

१० वर्षदेखि चैत्यन्यले देशमा विकाश र परिवर्तनका लागि विभिन्न विषयमा बहस चलाउँदै आएको छ । पछिल्लो समय समृद्ध नेपालको मुद्दा बहसमा आउनुमा चैतन्यले सुरू गरेको अभियानले पनि केही भूमिका खेलेको देखिन्छ । हरेक व्यक्ति र संस्थाले आफ्नो क्षेत्रबाट सकारात्मक पहल सुरू गर्नुपर्ने चैतन्यको मान्यता छ । यसै विषयमा आधारित रहेर हिमालपोस्टले चैतन्य ग्रुपका सीइयो गणेश प्रसाद जोशीसँग संवाद गरेको छ ।

हामीले हाम्रै आँखा अगाडी राजतन्त्र, पंचायत, लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा गरिसक्दा पनि समृद्धिको संस्थागत विकाशको अनुभूति आम नेपाली जनताले गर्न नसकेको कुरा तितो सत्य नै हो । तसर्थ यो सुशासनको पाटोमा शासन संचालनका सम्पूर्ण संयन्त्रहरूको संस्थागत विकाश र सबैको सुशासनको आधारशिला निर्माण नहुन्जेलसम्म देशले समृद्धिको गति लिन सक्दैन भन्ने आत्मसाथ गरेका छौँ ।

प्रस्तुत छ जोशीसंग गरिएको संवादको सम्पादित अंश उनकै शब्दमा

चैतन्यले विगत १० वर्षदेखि देशको समग्र विकास, रुपान्तरण, परिवर्तन र समृद्धिलाई मूल विषय बनाएर राष्ट्रिय स्तरको आवासीय सेमिनारको आयोजना गर्दै आएको छ । हामीले सन् २०१४ बाट सुरू गरेको यो राष्ट्रिय सेमिनारको निरन्तरता स्वरूप यो वर्ष असोज १ र २ गते धुलिखेलको आगन्तुक रिसोर्टमा सुशासन र समृद्धि विषयक सेमिनारको आयोजना गरेका छौँ । यो कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छ ? आम नेपालीहरूको समृद्धिको चाहना परिपूर्ति गर्ने त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन् ? समृद्धिका आधारहरू के हुन् ? भन्ने नै हो । यसै विषयमा यो कार्यक्रम लक्षित हुनेछ र यो कार्यक्रममा देशमा उपलब्ध थिङक ट्यांकहरू जसले अर्थशास्त्रको परिप्रेक्षबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले समाजशास्त्रको दृष्टिबाट समृद्धिलाई बुझ्नुभएको छ, जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ । यस्तै स्वास्थ्यको क्षेत्रबाट, राजनीतिको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ । अर्थात मानव जीवनका अत्यन्त महत्वपूर्ण अन्तरसम्बन्धित विषयबस्तु, जो समग्र समृद्धिका निम्ति अहम रहेका छन् ति विषयहरूमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रूपमा यो कार्यक्रम संचालन हुँदै आएको छ र अहिलेको कार्यक्रम पनि त्यसकै निरन्तरता हो ।

कार्यक्रममा कस्ता व्यक्ति सहभागी हुनेछन ?

यो कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरूले आआफ्नो विषय विज्ञताको क्षेत्रमा दृष्टिकोण र दिशानिर्देश व्यक्त गर्नुहुन्छ । यसमा सहभागी हुनेहरू विभिन्न संघ संस्था, देशको सार्वजनिक प्रशासनको नेतृत्वदायी भूमिकामा रहेका विद्वान व्यक्तित्वहरू हुनेछन ।


त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सराकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रशासकहरू सहभागी हुनेछन । यस्तै शिक्षा, स्वास्थ्य, निजि क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरू पनि यहाँ उपस्थित हुनेछन् । उद्यमसिलता र औद्योगिक विकाशसँग जोडिएका व्यावसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुनेछन् ।

कार्यक्रमको संदेश र उद्देश्य के हो ?

चैतन्यले आयोजना गरेको कार्यक्रमले दिन खोजेको एउटा संदेश के हो भने, विकाश र समृद्धि भनेको एउटा राजनीतिक मुद्दा मात्रै पनि होइन, आम जनताको जनजीवन र जीवनशैलीसँग जोडिएको विषयबस्तु भएकाले एउटा नागरिकको हैसियतले म कसरी यो देशको समृद्धिको संवाहक हुनसक्छु ? नागरिकको हिसाबले कसरी विकाश र रुपान्तरणको महत्वपूर्ण सदस्य बन्न सक्छु भन्ने कुराको चेतना र त्यो दायित्त्वबोध पनि आम नागरिकमा हुनुपर्छ भन्ने हो । त्यो खालको समवेदना यो कार्यक्रमले सिर्जना गर्न खोजेको हो ।


कार्यक्रमको मुख्य विषय सुशासन र समृद्धि नै किन ?

हाम्रो देशमा सुशासन र समृद्धि विषयमा धेरै बहसहरू, छलफल र चिन्तनहरू हुने गरेका छन् । सुशासन र समृद्धि सडकदेखि सदनसम्म धेरै उठाइने र चर्चा गरिने आवाज हो । जब कुनैपनि देशको शासन व्यवस्था असल हुँदैन, त्यसमा सुशासन हुँदैन तबसम्म त्यो देशले समृद्धिको बाटो तय गर्न सक्दैन ।

हामीले हाम्रै आँखा अगाडी राजतन्त्र, पंचायत, लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा गरिसक्दा पनि समृद्धिको संस्थागत विकाशको अनुभूति आम नेपाली जनताले गर्न नसकेको कुरा तितो सत्य नै हो । तसर्थ यो सुशासनको पाटोमा शासन संचालनका सम्पूर्ण संयन्त्रहरूको संस्थागत विकाश र सबैको सुशासनको आधारशिला निर्माण नहुन्जेलसम्म देशले समृद्धिको गति लिन सक्दैन भन्ने आत्मसाथ गरेका छौँ ।

त्यसैले सुशासन र समृद्धिको विषय नेपालको सन्दर्भमा हिँजो पनि त्यत्तिकै सान्दर्भिक थियो र आजपनि उत्तिकै सान्दर्भिक छ । किनभने यो राजनितिक परिवर्तनको लामो यात्रा तय गर्दा पनि सुशासन र समृद्धिलाई संस्थागत बिकाश गर्ने आधार निर्माण भैसकेका छैनन् । त्यसैले आम नेपालीको समृद्ध भएर बाँच्न पाउने अभिष्ट चाहना अझैपनि पुरा नहुने पक्का जस्तै छ । तसर्थ यो विषयलाई हामी निजि क्षेत्रको संस्था भएता पनि यो देशमा उपलब्ध विद्वान व्यक्तित्वहरू जसले निस्वार्थ हिसाबले यो राष्ट्रलाई माया गर्नुहुन्छ, जसले आफ्नो जीवनपर्यन्त खारिएको अनुभवले सिकेका कुराहरू, विश्वका समृद्धिका उदाहरणलाई व्यावहारिक र सैद्धान्तिक कोणबाट नेपालको सन्दर्भमा समृद्धिलाई सुनिस्चित गर्ने, सुशासन कायम गर्ने आधारको बारेमा चिन्तन गर्ने महत्वपूर्ण थलोको रूपमा यसलाई विकाश गर्न लागिएको हो ।

यो कार्यक्रमबाट निकालिने निष्कर्ष, कार्यक्रममा उठाइने विषय र सन्दर्भहरू नेपाल सरकारका लागि पनि आगामी समृद्धिका लागि मार्गनिर्देशक हुन सक्छन । देशलाई समृद्धिको बाटोमा डोर्याउने राष्ट्रिय महत्व बोकेको कार्यक्रम हामीले गर्न लागेका हौँ । यो कार्यक्रममा उपस्थितहरूले आफ्नो व्यक्तिगत, पेशागत, संस्थागत, पारिवारिक जीवनका विभिन्न आयामहरूमा सकारात्मक उर्जा र चिन्तनको विकास गर्न सक्ने सम्भावना छ । यहि अभिप्रायले कार्यक्रम गर्न लागिएको हो ।

१० वर्षको उपलब्धि

हामीले १० वर्षदेखि शुख शान्ति समृद्धि र देशको रूपान्तरणको भावलाई समेटेर कार्यक्रम गर्दै आएका छौँ । यस्ता कार्यक्रममा उपस्थित हुनेहरूले आफ्ना पेशागत क्षमता विकाश, समृद्धि र जिम्मेवार बन्ने चेतनाका विषयमा राष्ट्रिय विकाशमा योगदान र सकारात्मक र भाव सिर्जना गर्न यो कार्यक्रम अत्यन्त फलदायी बनेको छ । जबसम्म कुनै व्यक्ति आफ्नो भूमिकामा सहि हुँदैन, सक्षम हुँदैन उसले आफ्नो भूमिका निभाउन सक्दैन । त्यसैले हरेक व्यक्तिको भूमिका सकारात्मक बनाउन हामीले सुरू गरेको कार्यक्रम महत्वपूर्ण छ ।

यो कार्यक्रममा सहभागीहरूले समग्र विकाशक पक्षहरूलाई कसरी अगाडी बढाउने भन्ने कुराको व्याबहारिक, सैद्धान्तिक ज्ञान पनि हासिल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास के छन् भन्ने पनि अध्ययन गर्ने, आफ्नो संस्थाको सन्दर्भमा सो संस्थालाई कसरी समृद्ध बनाउन सक्छु भन्ने मागनिर्देशन हुने भएकाले आफ्नो भूमिका निर्भाह गर्नेका लागि यो कार्यक्रम अत्यन्त फलदायी बन्ने छ ।

व्यक्तिगत र पेशागत जीवनमा बहुआयामिकता ल्याउन, सकारात्मकता ल्याउन, सामाजिक र राष्ट्रिय जीवनमा आफ्नो भूमिकाबारे प्रष्ट हुन यो कार्यक्रमले ठूलो भूमिका खेलेको छ र खेल्नेछ । हालसम्म आयोजना गरेका यस्ता खालाका सेमिनारहरुबाट अत्यन्त सकारात्मक ऊर्जा र उत्साहजनक पृष्ठपोषण प्राप्त भएका छन् ।