चाँदी कपको उपाधि सुदूरपश्चिम एकेडेमीले चुम्यो   - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चाँदी कपको उपाधि सुदूरपश्चिम एकेडेमीले चुम्यो  



किशोर तामाङ
कञ्चनपुर । जिल्लाको दक्षिणी भेगकाे पुनर्वास नगरपालिकामा सम्पन्न नवौंं रनिङ चाँदी कप फुटबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम एकेडेमीले हात पारेको छ ।

आईतबार भएको फाइनल खेलमा सुदूरपश्चिम एकेडेमीले अरनिको युवा क्लबलाई ०-१ गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

सिदार्थ खेलकुद विकास समितिद्वारा बडा दशैंको अवसरमा प्रत्येक वर्षहरु झै यसपाली पनि रनिङ चाँदी कप फुटवल खेल प्रतियोगिताको आयोजना गरिएको हो ।

जितराज तामाङको सभापतित्वमा सञ्चालन गरिएको समापन समारोहमा प्रमूख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् नेकपा प्रमुख सचेतक तारा लामा तामाङ रहनुभएको थियो । यसैगरी बिशिष्ट अतिथ्यमा नगर प्रमुख जीवनराज थापा ,अतिथिमा पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ साथै बुद्धिजिवी समाजसेवी र सञ्चरकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ साथमा प्रमाणपत्र,मेडल प्राप्त गरेको छ । बिजेता सुदूरपश्चिम एकेडेमीले चाँदी कप पनि प्राप्त गरेको छ । सो कप मेडल र प्रमाणपत्र संंयूक्त रुपमा प्रमुख अतिथि प्रदेश सभा सांंसद तारा लामा तामाङ र पुनर्वास नगरपालिका नगरप्रमुख जिवन राज थापाले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा समग्र खेल जगतको बिकास गर्न तत्काल नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गर्ने र आर्थिक बर्ष ०७५-०७६ मा २५ लाख रकम बिनियोजन गरेको नगर प्रमुख जीवनराज थापाले जिकिर गर्नुभयो । यसरीनै प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख सचेतक लामाले फुटबलको क्रेज रहेको पुनर्वासमा रङ्गशाला र फुटबल स्टेडियम निर्माण गर्न आफुले यहाँका समुदायहरु सग छलफल गरी पहल गर्ने बताउनुभयो ।

जितराज तामाङ को शुभकामना मन्तवय बाट शुरु भएको यस चाँदी कप फुटवल प्रतियोगिताको समापन समारोहलाई समाजसेवी तथा शिक्षक मान बहादुर तामाङले सञ्चालन गरेका थिए ।