मिले छवि ओझा र शिल्पा पोखरेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मिले छवि ओझा र शिल्पा पोखरेल



हिमालपोस्ट/काठमाडौँ

निर्माता छवि ओझा र उनकी पत्नी नायिका शिल्पा पोखरेलबीच सहमति भएको छ। काठमाडौँ प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि ओझा र पोखरेलबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । यसअघि शिल्पाले आफू श्रीमान्‌बाट असुरक्षित भएको भन्दै शान्तिसुरक्षा माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीअनुसार शिल्पाको सुरक्षामा आँच नपुऱ्याउने लिखत ओझाले गरेका छन् । बोगटीले भने, ‘उहाँहरूले सहमति गर्नु भयो। प्रहरीमा परेको उजुरी योसँगै टुंगिएको छ ।’ शिल्पाले
छविसँग डिभोर्सको माग राखेको बताए पनि छलफलमा त्यस विषयमा केही कुरा उठेन। यो विषय व्यक्तिगत भएको र सो सम्बन्धी उजुरी नपरेको प्रहरीले जानकारी दियो।

सहमतिपछि पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्ने/नबस्ने स्पष्ट भइसकेको छैन ।

शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमतीका रूपमा ओझा निवासमा भित्रिएकी थिइन् । उनीहरूले २०७३को दशैँमा गोप्य बिहे गरेका थिए। उनीहरूले आफ्नो बिबाहलाई लामो समय लुकाएपछि गत वर्ष ओझाले आफूहरूले विवाह गरिसकेको स्विकारेका थिए ।

शिल्पा म्युजिक भिडियोमा काम गरिरहेकी थिइन्। बिहेपछि शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।