प्रचण्ड-ओलीको सम्बन्ध टुटाउने कांग्रेसको तयारी: शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले एमाले–माओवादीको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने तयारी भएको खुलासा गरेका छन् । उनले प्रचण्ड–ओलीलाई फुटाउने अभियानको नेतृत्व आफैले गर्ने समेत घोषणा गरेका छन्।












