प्रचण्ड-ओलीको सम्बन्ध टुटाउने कांग्रेसको तयारी: शशांक कोइराला - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रचण्ड-ओलीको सम्बन्ध टुटाउने कांग्रेसको तयारी: शशांक कोइराला



काठमाडौं ।

नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले एमाले–माओवादीको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने तयारी भएको खुलासा गरेका छन् । उनले प्रचण्ड–ओलीलाई फुटाउने अभियानको नेतृत्व आफैले गर्ने समेत घोषणा गरेका छन्।

नेपाली कांग्रेसको अहिलेको रणनीति नै माओवादी केन्द्रलाई वामगठबन्धनबाट अलग गर्नु रहेको भन्दै कोइरालाले छिट्टै माओवादी–एमाले अलगिने दाबी गरे । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाली कांग्रेस कास्कीेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र प्रचण्डलार्य वाम गठबन्धनबाट अलग्याउने तयारी भएको खुलाएका हुन् । ‘पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट बाहिर निकाल्नु पर्‍यो भन्दै साथीहरुले मलाई कुरा गर्न भनेका छन्’ उनले भने, ‘म उनी (प्रचण्ड)सँग कुरा गर्छु, उनलाई अलग गर्न पाए हाम्रो रणनीति सफल हुन्छ भन्ने मैले बुझेको छु।’

कांग्रेसले वामगठबन्धन फुटाउने नीति लिएपनि रचनात्मक प्रतिपक्षको भूमिकामा बस्नुपर्नेमा जोड दिए।