दलहरु आ-आफ्नो डम्फु बजाउँदै, राष्ट्रपति अप्ठेरोमा !
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ-आफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम











