कार्टुनमा ट्रम्पलाई व्यङ्ग्य गर्ने कार्टुनिस्टको जागिर खोसियो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कार्टुनमा ट्रम्पलाई व्यङ्ग्य गर्ने कार्टुनिस्टको जागिर खोसियो



काठमाडौँ –

क्यानडाका कार्टुनिस्ट माइकल डी एडर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेपछि जागिरबाटै बर्खास्त भएका छन् ।

मेक्सिकोबाट अमेरिका जाँदै गरेका बावु–छोरी डुबिरहेको तलाउछेउमा राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको तस्बिर सहितको कार्टुन उनले बनाएका थिए । जहाँ ट्रम्पले भनेका छन्, ‘म यहाँ गल्फ खेलेँ भने तिमिलाई दुख लाग्दैन ?’

यस्तो कार्टुन बनाएपछि उनका कार्टुन अखबारले प्रकाशन गर्नै छाडिदिएको बताइएको छ । पछिल्लो साता उक्त कार्टुन भाइरल नै भएको थियो । मेक्सिको र अमेरिकाको सीमाक्षेत्रमा मेक्सिकन बावु–छोरी तलाउमा डुबेर मृत अवस्थाको तस्बिर संसारभर भाइरल भएको थियो । उक्त तस्बिरलाई लिएर अमेरिकी आप्रवासी नीतिबारे समेत टिप्पणी हुन थालेको छ । सोही विषय अन्तर्गत कार्टुनिस्ट माइकलले ट्रम्पलाई व्यंग्य गर्दै कार्टुन प्रकाशन गरेका हुन् ।

(एजेन्सी)