ठेकेदारको लापरवाहीले बालकको मृत्यु ... - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

ठेकेदारको लापरवाहीले बालकको मृत्यु …



कपिलबस्तु,  जेठ १४, २०७६ 

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ३ सेमरा बस्ने वर्ष ११ का सुजन तम्लामी मगरको पानीमा डुबी मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिकाबाट  टेन्डर आह्वान भएकामा आचार्य बिल्डर्स प्रा.लि.ले बुद्धभूमि नगरपालिकासँग नदीजन्य पदार्थको निकासीका लागि झिगही खोलाको सम्झौता गरी नदीजन्य पदार्थ निकासी गर्दै आइरहेको छ । नदीजन्य पदार्थ निकासी गर्ने क्रममा निजले सम्झौता विपरीत गैरकानुनी रूपमा नदीमा डोजर प्रयोग  गरेकोमा स्थानीयवासीहरूले डोजर प्रयोग नगर्न बारम्बार आग्रह गर्दा समेत निजले ‘मैले नगरपालिकासँग यो नदी सम्झौता गरी लिएको छु। यस नदीमा मेरो हक लाग्छ म चाहे डोजर प्रयोग गरूँ चाहे स्काभेटर प्रयोग गरूँ, यो मेरो कुरा हो।’ भन्दै हाकाहाकी जबाफ दिँदै आएका थिए ।

यस प्रकार निजले गैरकानुनी तवरबाट नदीजन्य पदार्थ निकासीकै लागि डोजर प्रयोग गरी करिब १०/१५ फिट गहिराई सम्मका खाडल खनी कानुनको धज्जी उठाउँदै आएका छन्। यस्तै खाडलमा परी निज बालकको मृत्यु भएको हो । हाल उक्त परिवार शोकमग्‍न अवस्थामा रहेको छ । निज बालक त्रिशक्ति आधारभूत विद्यालयमा अध्ययनरत थिए ।