काटेश्वर चोकमा बम भएको आशङ्का - डिस्पोजल प्रयास हुँदै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

काटेश्वर चोकमा बम भएको आशङ्का – डिस्पोजल प्रयास हुँदै



काठमाडौँ– अहिले साँझपख कोटेश्वर चोकनजिक बमजस्तै शङ्कास्पद वस्तु भेटिएको छ । प्रहरीको टोली घटनास्थल पुगी घेरा हालेर बसेको छ।

डिस्पोज गर्नका लागि नेपाली सेनालाई खबर गरिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले बताए।

कोटेश्वर चोकबाट तीनकुनेतर्फ करिब २०० मिटरको दूरीमा शङ्कास्पद वस्तु भेटिएको हो।

कोटेश्वर भएर चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

फाइल तस्बिर