क्यान इन्फोटकको तयारी तिव्र - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

क्यान इन्फोटकको तयारी तिव्र



बुटवल । कम्प्युटर एशोसियसन नेपाल महासंघ रुपन्देहीको आयोजनामा वुटवलमा हुन लागेको स्टाटप क्यान इन्फोटेक –२०१८ को तयारी तिव्र पारिएको छ ।

फागुन २ गतेदेखी ६ गते सम्म वुटवल मण्डप वुटवलमा आयोजना हुन लागेको ७ औ संस्करणको इन्फोटेकको तयारी तिव्र पारिएको आयोजकले जनाएका छन । इन्फोटेकको संरक्षक क्यान महासंघ रहेको छ ।

सेक्युरिटी प्रोडक्टलाई विशेष महत्व दिन लागिएको उक्त इन्फोटेकमा सुचना प्रविधी सम्वन्धी जानकारी दिन, स्टल प्रर्दशन, कन्फेन्स प्रतियोगिता लगायतका कार्यक्रम राखिएको छ । इन्फोटेकमा १ सय ५० भन्दा वढि स्टल रहने र २ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य लिएको इन्फोटेकका संयोजक एवं क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

सूचना प्रविधी प्रर्दशनी अवलोकनको लागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईने आयोजकले जनाएका छन । संस्थागत रुपमा आधिकारित पत्र सहित आएमा सरकारी विद्यालयका विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिने बताईएको छ । इन्फोटेकको टाईटल स्पोन्सर रहेको

इन्फोटेक सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । क्यान महासंघले सन १९९५ देखी राजधानी काठमाडौमा इनफोटेक शुरु गरेको भएतापनि क्यान लुम्विनीले सन २००२ मा राजधानी वाहिर पहिलो पटक बुटवलमा क्यान इन्फोटेक आयोजना गरेको थियो ।

सूचना प्रविधी प्रर्दशनी सम्पन्न वनाउन सवैको दायित्व भएको बताउदै क्यान महासंघका उपाध्यक्ष नवराज कुंवरले सरकारले अघि सारेको स्मार्टसिटीको अवधारणालाई सार्थक वनाउन इन्फोटेक फलदायी हुन सक्ने बताए ।