अखिल क्रान्तिकारीद्धारा क्याम्पसमा तालाबन्दी - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अखिल क्रान्तिकारीद्धारा क्याम्पसमा तालाबन्दी



अत्तरिया । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले बिधार्थीहरुवाट शुल्क असुल्न थालेको भन्दै बैध निकट अखिल क्रान्तिकारीले आज बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो ।
सो क्याम्पसमा बिभिन्न ठाउवाट आएका गरिब घरपरिवारका छोराछारी पनि अध्ययन गरिरहेकाले सबैले महङ्गो शुल्क तिरेर पढ्न नसक्ने हुदा क्याम्पस प्रशासनले बिधार्थीहरुवाट अनआवश्यक रुपमा शुल्क असुल्न नपाउने र यसलाई तत्काल बन्द गर्नुपर्ने अखिल क्रान्तिकारीको माग रहेको छ ।
क्याम्पस प्रशासनले गरेको शुल्कबृद्धि घटाउन पटक पटक आग्रह र ७२ घण्टे अल्टिमेटम दिदा पनि आफुहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेकाले आज बाध्य भएर तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले बताए ।