क्याम्ब्रिजको सातौ वाषिर्कोत्सव सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

क्याम्ब्रिजको सातौ वाषिर्कोत्सव सम्पन्न



बलिया ,कैलाली । क्याम्ब्रिज इङलिस बोर्डिङ स्कुल बलियाको सातौं वाषिर्कोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विर्ख बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती लम्किचुहा नगरपालिका वडा नं ४ वडाध्यक्ष लाल बहादुर बोगटी,विशिष्ट अतिथिमा लम्की प्याब्सन अध्यक्ष गोविन्द शाह रहनु भएको थियो । कार्यक्रममा धिरज शाही, सुरेश चौधरी, धनराज बि.क, राम बहादुर बोगटी लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्यहरू, गायनहरू र नाटकहरू प्रस्तुत गरेका थिए । साथै विद्यालयका प्रिन्सिपल मोहन ढुङ्गानाले वर्षभरिको शैक्षिक गतिविधिहरु अभिभावक माझ प्रष्ट पार्नु भएको थियो । भाइस प्रिन्सिपल सिर्जना बोहराको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक नवराज भट्ट र शिक्षक लोकेन्द्र खड्काले गर्नु भएको थियो ।