प्रथम आरसीआई भलिबलको उपाधि मणिमुकुन्दलाई - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रथम आरसीआई भलिबलको उपाधि मणिमुकुन्दलाई



आचार्य प्रदीप

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा भएको प्रथम आरसिआई कप भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लव बुटवलले हात पारेको छ ।

फाईनलमा लाफा समुह बुटवललाई ३–१ को सेटले पराजित गर्दै मणिमुकुन्द भलिबल क्वलले उापधि हात पारेको छ । फाईनलमा लाफा समुहलाई मणिमुकुन्दले २२–२५, २५–१७, २५–१४ र २५–२० को सेटले पराजित ग¥यो । उपाधि हात पारे संगै मणिमुकुन्दले नगद १ लाख २५ हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्र हात पा¥यो ।

द्धितिय भएको लाफा समुहले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्र हात पा¥यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा स्याङजा भलिवल संघ विजयी भयो ।

उसले बे्रभ गोर्खालाई ३–२ को सेटले पराजित ग¥यो । स्याङजाले ब्रेभ गोर्खालाई २१–२५, २५–२०, २३–२५, २५–१२ र १५–५ ले हरायो । तृतिय भएको स्याङजाले नगद २५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्दा शान्त्वना भएको ब्रेभ गोर्खाले १५ हजारमा चित्त बुझाउनु प¥यो ।

यता उत्कृष्ट तर्फका अधिकांश विधामा मणिमुकुन्दका खेलाडिहरुले बचश्र्व जमाए । प्रतियोगितामा उत्कष्ट प्रशिक्षक मणिमुकुन्दका नविन क्षेत्री, बेष्ट डिफेन्टरमा सुरेन्द्र्र गुरुङ, सर्भरमा महेन्द्र चौधरी र उत्कृष्ट खेलाडिमा मणिमुकुन्दकै प्रताप खवास घोषित भए ।

त्यसैगरी बेष्ट स्पाईकरमा स्याङजाका ओमकार थापा, व्लकरमा लाफाका राम नारायण चौधरी र उत्कृष्ट सेटरमा लाफाका भरत थापा घाषित भए ।
प्रतियोगितामा विजयी खेलाडिहरुलाई जिल्ला भलिबल संघका अध्यक्ष योग गुरुङ, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, खेल संयोजक हिरामणी भटटराईले पुरस्कार प्रदान गरेका थिए ।