लाइसेन्स आबेदन खुल्यो : एकैदिनमा ४ हजारले लिए स्कुटरका लागि टोकन - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

लाइसेन्स आबेदन खुल्यो : एकैदिनमा ४ हजारले लिए स्कुटरका लागि टोकन



बुटवल । यातायात ब्यवस्था कार्यालय [लाइसेन्स ]बुटवलमा सवारी चालक अनुमति पत्र लाइसेन्सको आबेदन भर्न दिनभर सेवाग्राहीहरुको भिड लागेको थियो ।

लामो समयपछि खुलेको स्कुटर ,अटोरिक्सा र ट्रेक्टरको आबेदन फारम भर्न यातायात कार्यालय अगाडी बिहानै तीन बजेदेखि सैयौंको संख्यामासेवाग्राही उपस्थित थिए । बुधवार अटोरिक्साका लागि २५०० ले आबेदन दिएका छन् ।

आज बिहिबार स्कुटरको आबेदन भरेका झण्डै ४हजार जनालाई टोकन वितरण गरिएको यातायात व्यवस्था कार्यालयका प्रमुख वेद प्रसाद अर्याल ले जानकारी दिनुभयो ।
शुक्रवार ट्रेक्टरका लागि आबेदन भर्न सकिने जनाईएको छ ।

टोकन लिएका सेवाग्राहीहरुको दैनिक २ सयका दरले दर्ता गरिने कार्यालयले जनाएको छ । दिनभर भएको भिड व्यवस्थापनको लागि स्थानिय र सुरक्षा कर्मीले व्यवस्थापन गरिदिएपछि टोकन वितरण गर्न सहज भएको कार्यालयले जनाएको छ ।

भिड र पार्किङ व्यवस्थापनका क्रममा प्रहरीले २ जना स्थानियलाई दुव्र्यवहार गरेपछि स्थानियहरु यातायात व्यवस्था कार्यालयमा डेलिगेशन समेत गएका थिए ।