प्रदर्शनी हालसम्म २ लाख बढि दर्शकद्वारा अवलोकन - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

प्रदर्शनी हालसम्म २ लाख बढि दर्शकद्वारा अवलोकन



आचार्य प्रदीप
बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा विहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ ले ६ दिन पार गरेको छ । पुष १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाख भन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न पाल्पा, अर्घाखाची, गुल्मी, दाङ, नवलपरासी, कपिलबस्तुसंगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएका छन् । प्रदर्शनीमा हालसम्म ६ करोडको कारोवार भएको बताइएको छ ।

प्रदर्शनीमा सहभागी स्टलधनीहरुका अनुृसार स्टलबाट राम्रो आर्थिक कारोवार भएको बताउछन् । स्टलबाट विषेशगरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको विक्रि बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको उनीहरुको भनाई रहेको छ ।

प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा, प्रविधि लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक गणेश अधिकारीले बताउनु भयो ।

यसैवीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु खाली नै गरिएको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जनाउनु भयो । भण्डारीका अनुसार सहमति विपरित केही स्टलहरुमा भारतीय उत्पादन राखिएको भेटिएको हँुदा हटाएको बताउनु भयो ।
समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालित प्रदर्शनीमा आज बुधवार पर्यटन गोष्ठको गरिने भएको छ । रुपन्देहीमा उद्योग र पर्यटनका चुनौती र सम्भावना विषयक गोष्ठीमा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने त्यसमा संस्कृतिविद डा.गितु गिरीले टिप्पणी गर्ने कार्यक्रम रहेको गोष्ठी संयोजक माया खनालले जानकारी दिनु भयो । विहान प्रदर्शनी स्थलमा हुने कार्यक्रममा उपस्थितिका लागि उद्योगी, स्टलधनी, सञ्चारकर्मीलाई आपिल गर्नु भएको छ ।

उता प्रदर्शनीमा समावेश गरिएको प्रथम आर.सि.आई. कप भलिवल प्रतियोगिता–२०७४ अन्तरगत मंगलवार तीन वटा खेल भएका छन् । जसमा जिल्ला भलिबल संघ, पाल्पा, गल्याङ् युवा क्लब, स्याङ्जा र लाफा “समुह” ए विजयी भएका छन् । खेल संयोजक हिरामणी भट्टराईका अनुसार पहिलो खेलमा जिल्ला भलिबल संघ, पाल्पाले मणिमुकुन्द भलिवल क्लब वीलाई २५–१२, २१–२५, २५–२२ र २५–१८ ले पराजित गरेको हो । कावीच खेल भएको छ । यसैगरि गल्याङ् युवा क्लबले लाफा समुह वीलाई सोझो सेटमा २५–१३, २५–१९ र २५–१८ ले पराजित गरेको हो भने तस्रो खेलमा लाफा समुह एले पाल्पा भलिबल संघलाई २५–२०, २५–२२ र २५–२० मा हराएको थियो । प्रतियोगिता अन्तरगत बुधवार स्याङ्जा भलिवल संघ र लाफा समुह वी, गल्याङ् युवा क्लब र व्रेभ गोरखा, स्याङ्जा भलिबल संघ र मणिमुकुन्द क्लब वी, लाफा समुह रातो र मणिमुकुन्द क्लब ए तथा स्याङ्जा भलिबल संघ र पाल्ला भलिवल संघकावीच खेल हुने जनाइएको छ । भलिवल खेल आयोजनाका लागि मण्डपमा छुटै कोर्ट तथा दर्शक बस्ने प्याराफिट निमार्ण गरिएको छ ।

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । मंगलवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, आरसिआई ट्यालेन्ट हन्ट तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको छनौट प्रस्तुती एवं छनौट प्रक्रिया भएको संयोजक राजेन्द्र कार्कीले बताउनु भयो । दोहोरी गित प्रतियोगिता अन्तरगत मंगलवार राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान रुपन्देही र गुल्मी कलाकुञ्ज, गुल्मीवीच प्रतिष्पर्धा भएको थियो । यता प्रदर्शनी आइडल–२०७४ को टप ६ छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित दोहोरी गायक शिषिर देवकोटा, दोहोरी गायीका कला पंगेनी, आधुनिक गायक सौगात शायर, टिकाराम गौतम र निरु गुरुङको उपस्थित र प्रस्तुती रहेको थियो ।

बुधवार एकल प्रस्तुतीका लागि चर्चित गायक पशुपति शर्मा, दोहोरी गायक तुलसा जिसी, रिता केसी, आधुनिक गायिका काकांक्षा बस्याल, डान्सर तथा मोडेल निनु कोइराला, दोहोरी गायक मिलन विसी, सुशिला विश्वकर्मा, गायिका दुर्गा नेपालको उपश्थिति रहने छ । यसैगरी दोहोरी गित प्रतियोगिता अन्तरगत उद्योग बाणिज्य संघ, बुटवल र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्ग्जाकावीच प्रतिष्पर्धा हुने छ ।