बुटवलको सैनामैनामा ट्रक र बस एकआपसमा ठोक्किदा १९ घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवलको सैनामैनामा ट्रक र बस एकआपसमा ठोक्किदा १९ घाइते



बुटवल : पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको सैनामैना नगरपालिका–६, दुधराक्ष पुलमा ट्रक र यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय, बुटवालका डिएसपी पवन भट्टराईले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

घाइते १७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतल पठाइएको छ ।