कैलालीमा यात्रु वाहक बस दुर्घटना - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

कैलालीमा यात्रु वाहक बस दुर्घटना



विशाल पाण्डेय/कैलाली

कैलालीमा यात्रु वाहक बस दुर्घटना भएको छ। बर्दगोरिया गाउँपालिका -४ मा बस दुर्घटना भएको हो।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया- ४ मा मुढा बजारभन्दा पश्चिमपट्टि रहेको जङ्गलमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए।दुर्घटनामा परि करिब १० जना घाइते भएको जोशीले बताए।

महेन्द्रनगरबाट बुटवल तर्फ गइरहेको ना ६ ख ७१६७ नम्बरको बसको टायर रड भाचिएर अनियन्त्रित भइ दुर्घटना भएको जोशीले हिमाल पोस्टलाई जानकारी दिए।

बसमा करिब ३० जना यात्रुहरू सवार गरेको प्रहरीले बताएको छ। घाइतेको घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पताल बहुनियामा उपचार भइरहेको छ।