उडुस र साङ्लाका कारण ट्रेन रोकियो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

उडुस र साङ्लाका कारण ट्रेन रोकियो



काठमाडौँ

ट्रेनको एसी कोचमा उडुस र साङ्लाबाट आजित भएपछि यात्रीहरूले चेन तानेका छन् । यसले गर्दा ट्रेन लगभग १५ मिनेट रोकिएको छ । त्यसपछि रेलवे अधिकारी कोचमा पुगे र यात्रीहरूसँग कुरा गरे । १५ मिनेटपछि यात्रीलाई सम्झाएर ट्रेनलाई अघि बढाइयो ।

यो घटना आइतवार राति नयाँ दिल्लीबाट गुवाहाटी जाने पूर्वोत्तर सम्पर्क क्रान्तिमा भएको हो। सो ट्रेन दिल्लीबाट राति पौने १२ बजे हिँडेको थियो । यात्रुहरूले बेडरोल र कम्बल लिँदा बी–४ कोचका केही यात्रुले ट्रेनमा साङ्लो र उडुस भएको गुनासो गरेका थिए । तर उनीहरूको गुनासोलाई कसैले सम्बोधन गरेको थिएन ।

त्यसपछि राति १२:३४ मा यात्रुहरूले चेन तानिदिए । त्यतिखेर ट्रेन गाजियाबाद स्टेसन पार गर्दै थियो । घटनाको जानकारी पाएपछि स्टेसनका अधिकारी, आरपीएफ र टिकट चेकिङ स्टाफ कोचमा पुगेर यात्रीहरूलाई सम्झाउन थाले । बल्लबल्ल ट्रेन १२:५० मा गुड्न पायो ।

(एजेन्सी)