बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गरियोस् - नेपाली काङ्ग्रेस - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गरियोस् – नेपाली काङ्ग्रेस



हिमालपोस्ट/काठमाडौँ-

तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरू तोडफोड गरिएकोमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । सो बुद्धको मूर्ति सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा स्थापना गरिएको थियो। बुद्धको मूर्ति बुधबार राति तोडफोड थियो । कसले तोडफोड गर्‍यो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्तिलाई तोडफोडको भर्त्सना गरेका छन्। उनले भने, ‘गौतमबुद्धको मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो। यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रूपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवम् घोर आपत्तिजनक छ ।’

नेपाली काङ्ग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।