कपिलवस्तुमा चिसोबाट बचाउ अभियान - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कपिलवस्तुमा चिसोबाट बचाउ अभियान



कपिलवस्तु । फेसबुक ग्रुप ब्रामण समाज नेपालको मुख्य सक्रियतामा कपिलवस्तुमा रहेका चेतनसील प्रतिस्ठान र सिद्धार्थ गौतम युवा क्लवको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका भित्र रहेका अति बिपन्न तथा गरिब घर परिवारका ५० भन्दा बढि बृद्ध बृद्धा तथा बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।

कार्यक्रममा बृद्ध ७५ बर्षीय आबीराम थारुले बोल्दै जाडोको मौसममा आफुलाई लत्ता कपडा सहयोग गरेकोमा ज्यादै खुसि भएको बताउनु भयो ।

गरिबीको चपेटाबाट जाडो छल्न कपडा नभएका बिपन्नलाई लक्षित गरि उक्त कार्यक्रम संचालन गरिएको ब्रामण समाजकी संयोजक निसा पन्तले जानकारी दिनुभयो ।

चेतनसील प्रतिस्ठानको कार्यलय प्राङगरमा भएको कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष असिम भट्टराईको अध्यक्षता, सिद्धार्थ बजार बिकास समितिका अध्यक्ष विष्णु थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी चन्द्रकान्त पोख्रेल, ईस्वर थापा, रामकिसोर थारु, कृष्ण कार्की, राहुल न्यौपाने, अमर पन्थ, आएन ढकाल लगायत रहनुभएको थियो । कार्यक्रम बुद्धिसागर बेल्बासेको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सिद्धार्थ युवा क्लवका अध्यक्ष ज्योतिष खेमराज पौडेलले गर्नु भएको थियो ।