बोस्टनमा म्हः पुजा, नेपाल सम्बत ११४० कार्यक्रम (फोटो फिचर) - Himal Post Himal Post
  • ५ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 17 2025
Logo

बोस्टनमा म्हः पुजा, नेपाल सम्बत ११४० कार्यक्रम (फोटो फिचर)



सुरेन्द्र नापित/बोस्टन

नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पुजा कार्यक्रम धुमधामसंग सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा म्यासाच्युसेट्स राज्यका विभिन्न स्थानबाट नेपालीहरु एकै ठाउंमा भेला भई म्हः पुजा र नेपाल सम्बत ११४० हर्षोल्लासपूर्ण मनाएका छन् । उक्त कार्यक्रममा एक आपसमा नेपाल सम्बत ११४० को शुभकामना आदानप्रदान गरिएको थियो।

उक्त दिन नेवाः समुदायका मानिसले आफ्नो आत्मा पुजा गरि म्हः पुजा मनाउने परम्परा छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजुमान श्रेष्ठले बिभिन्न देवी देवताको पुजा गरी नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा महिलाहरुको समुहले मंदको पूजा गर्नुको साथै टिका लगाई सगुन प्रसाद दिने काम गरेका थिए। संस्थाका सचिब बुद्धरत्न महर्जनले कार्यक्रम संचालन थिए। कार्यक्रम अध्यक्ष राजुमान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिब बुद्धरत्न महर्जन, कोषाध्यक्ष डा. निराजन मणि, सदस्यहरु क्रमशः रुप शाक्य, सुरेन्द्र नापित, रवि राजकर्णिकार, रबिन बज्राचार्य लगायतको उपस्थिति रहेको ।

यो च्याप्टरले हरेक बर्ष म्हः पुजाका साथै बिभिन्न चाडपर्व र कार्यक्रमहरु संचालन गर्दै आएको छ । आफ्नो भाषा संस्कृति र परम्परालाई बिदेशमा रहेर पनि नयां पुस्तालाई सिकाउने उद्देश्यले कार्यक्रमको आयोजन गरीएको नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्युईङ्गलैण्ड च्याप्टर, बोस्टनका पदाधिकारीहरुले बताए। कार्यक्रमको अन्त्यमा रात्रिभोजको आयोजना गरीएको थियो ।