जलजला बचाउ अभियान मा बुटवल बहुमुखि क्याम्पसमा आर्थिक संकलन - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

जलजला बचाउ अभियान मा बुटवल बहुमुखि क्याम्पसमा आर्थिक संकलन



कृष्ण प्रसाद आचार्य
बुटवल । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी छन् ।

घरको आर्थिक अबस्था कमजोर भएका कारण सहजै उपचार असम्भव देखिएपछी सबैतिर बाट सहयोग को निम्ति अपिल गरिएको छ । यो खबर प्राप्त भए संगै विभिन्न संघ संस्था र ब्यक्तिबाट सहयोग आउने र जुटाउने कार्य पनि तिब्र रुपमा भइरहेको छ ।

यसै क्रममा बुटवल बहुमुखी क्याम्पस बुटवलका विद्यार्थीहरूले पनि केही रकम संकलन गरेका छन् समीर भट्टराई, बाबुराम खनाल, सदिच्छा कनौज, साबित्रा पान्डे र गोमा भट्टराईको सक्रियतामा रकम संकलन भएको हो ।

हाम्रो सानो सहयोगले हस्पिटलको वेडमा मृत्युसङ्ग लडिरहेको मान्छेले पुर्नजन्म पाउँछ भने सहयोग गरौँ भन्ने लाग्यो र पैसा संकलनमा जुटेका हौं सहयोग संकलनकर्ता भट्टराईले भने । भट्टराईका अनुसार संकलन गरेको रु ११,१९५ जलजलाका बुवाको बैंक खातामा जम्मा गरेका छन् ।

नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर मृत्युसँग लड्दै बसेकी छन् ।

जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता १ दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । उनि अर्घाखाँची ढाकावाङ्घकी चेलिहुन् । उनको हाल काठमाण्डौको टिचीङ्घ हस्पिटलमा उपचार भैरहेको छ ।