विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तार - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तार



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका प्रचण्ड त्यसअघि मन्त्रालय बाडफाँटमा नलाग्ने भएका हुन् ।

विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहाना राखेपछि सत्ता साझेदार दलहरुले पनि यसमा सहमति जनाएको बताइएको छ ।

प्रतिनिधि सभा बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ भने बैठक सुरु भए लगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भईरहेको छ ।

त्यसपछि मात्रै मन्त्रीपरिषदलाई पुर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्ड जुटेका हुन । को को मन्त्री बन्लान भन्ने उत्सुकता बढिरहेका बेला मन्त्रिपरिषद विस्तारमा भने केहि विलम्ब हुने भएको छ ।