राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विश्वप्रकाशको प्रस्ताव - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विश्वप्रकाशको प्रस्ताव



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् ।

नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने र रास्वपालाई पनि सरकारमा सहभागी गराएर जानु तर्कपूर्ण हुने बताएका हुन् ।

उनले संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गर्नुपर्ने बताएका छन् । सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने उनको धारणा छ ।