शिर झुक्ने काम गर्दिनँ : विष्णु पौडेल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शिर झुक्ने काम गर्दिनँ : विष्णु पौडेल



बुटवल ।

रूपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र त्यस्तो काम गर्न नदिने कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले  बताएका छन् ।

विष्णु पौडेल पछिल्लो समय बालुवाटारको ललितानिवास जग्गा काण्डमा मुछिएका छन्। उनी रूपन्देहीमा वर्षौँदेखि सुकुम्बासीको रूपमा सरकारी जग्गा भोगचलन गर्दै आइरहेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा डा. बाबुराम भट्टराईलाई रूपन्देही-४ बाट पराजित गरेका पौडेल नेकपाभित्र स्वच्छ छवि भएका नेता मानिन्थे। पछिल्लो समयमा जग्गाकाण्डमा फँसेपछि उनको चौतर्फी विरोध भैरहेको छ।

जिल्लाका अगुवा कार्यकर्ताहरूलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक र कानुनी मर्यादा तथा जिम्मेवारी नभुल्ने स्पष्ट पारे। उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सम्मान गर्अदै गाडि  बढने कुरा बताए। उनले प्रायोजित प्रचारबाट विचलित नहुन पनि कार्यकर्ताहरूलाई आग्रह गरे।