विष्णु रिमालले भने- एमालेविरुद्ध ५/७ पार्टीको गठबन्धन बनाउनु सिन्डिकेट हो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विष्णु रिमालले भने- एमालेविरुद्ध ५/७ पार्टीको गठबन्धन बनाउनु सिन्डिकेट हो



नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समीकरण नामको खेल अन्त्य गर्न सकेन नियन्त्रित अस्थिरताको सपना देख्नेलाई परास्त गर्न सकिने बताएका छन् ।

उपमहासचिव रिमालले सुरुवातसंगै समीकरण नामको खेल अन्त्य गर्न सके नियन्त्रित अस्थिरताको सपना देख्नेलाई परास्त गर्न सकिने र त्यसपछि राजनीतिमा नयाँ न्यारेटिभ निर्माण गर्न सकिने बताएका छन् । आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘ नयाँ सालको सुरुवातसंगै ‘समीकरण’ नामको यस खेलको ‘सिजन’ अन्त्य गर्न सके ‘नियन्त्रित अस्थिरता’को सपना देख्नेलाई परास्त गर्न सकिन्छ। राजनीतिमा अनि मात्र नयाँ ‘न्यारेटिभ’ निर्माण गर्न सकिन्छ । ‘

उपमहासचिव रिमालले निर्वाचनमा एक पार्टीविरुद्ध पाँच-सात पार्टीको गठबन्धन सिन्डिकेट भएको बताएका छन् । उनले भनेका छन्, ‘पार्टी भनेको खास वर्ग वा विचार समूहको प्रतिनिधि हो । पार्टीहरूबीचको सहकार्य र सिन्डिकेट फरक कुरा हो । निर्वाचनमा एक पार्टीविरुद्ध ५/७ पार्टीको गठबन्धन सिन्डिकेट हो, विचार र विषयको पनि नियोजन हो ।’

उपमहासचिव रिमालले निर्वाचनपछि सरकार दिनु पार्टीहरूको दायित्व भएको र एक्लै वा २/३ पार्टी मिल्दासमेत सरकार नबन्ने अवस्थामा ८-१० पार्टी मिलेरै भए पनि सरकार बनाउनुचाहिँ सहकार्य भएको बताएका छन् ।

‘निर्वाचनपछि सरकार दिनु पार्टीहरुको दायित्व हो । एक्लै वा २/३ पार्टी मिल्दा समेत सरकार नबन्ने अवस्थामा ८/१० पार्टी मिलेरै भए पनि सरकार बनाउनु चाहिँ सहकार्य हो । २०८० वैशाख १० पछि यो ‘सिजन’को चुनावी प्रक्रिया टुङ्गिन्छ । जो/जो मिलेर सरकार बनाएको भए पनि ‘विषय आधारित’ कार्यक्रम लागू गर्नु सहकार्यमा रहनेहरूको अबको जिम्मेवारी हुन्छ । सरकार हेरफेरको खेल कहीँ पनि अनन्तकालसम्म हुँदैन,’ रिमालले भनेका छन् ।