बालुवाटार जग्गा प्रकरणका दोषी विष्णु पौडेललाई मन्त्री पद उपहार - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

बालुवाटार जग्गा प्रकरणका दोषी विष्णु पौडेललाई मन्त्री पद उपहार



काठमाडौं- नयाँ सरकार बनेकै केहि महिनापछि चर्चामा आएको मन्त्रिपरिषद् पुनर्गठन अब भने पक्का भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १४ गते हुने उपनिर्वाचन अगावै मन्त्रीहरु हटाउने र नयाँ मन्त्रिमण्डल बनाउने तयारी गरेपछि यो चर्चाले पूर्णता पाउने भएको छ ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा प्रधानमन्त्री ओलीले केहि दिनमै सबै मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने तयारी गरेको स्रोतले जनाएको छ
यसको अन्तिम तयारी भएको स्रोतको दाबी छ।

काम गर्न नसकेको र अलोकप्रिय बन्दै गएको भन्दै दुई तिहाईकै सरकारको चौतर्फी आलोचना भएपछी प्रधानमन्त्री ओली विकल्पको खोजीमा थिए। केहि समय अगाडी मन्त्रीहरूको कार्यसम्पादन प्रतिवद्दता लिएका थिए तर, यसपछि पनि मन्त्रीहरू असक्षम भएको निष्कर्ष निकाल्दै उनले यस्तो कदम चाल्न लागेको स्रोतले बताउँछ ।

को को सहभागी हुनेछन नयाँ मन्त्रिमण्डलमा ?

नेकपाकै एक नेताका अनुसार नयाँ बन्ने मन्त्रीमण्डलमा केहि पुरानै मन्त्रीहरू रहनेछन् भने प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले केहि विश्वासपात्रले स्थान पाउनेछन। केहीलाई भने कार्यक्षमताको आधारमा ल्याउने तयारी गरिएको छ।

प्रधानमन्त्री ओलीले महेश बस्नेतलाई ल्याउने तयारी समेत गरेको बुझिएको छ भने बालुवाटार जग्गा प्रकरणमा मुछिएका पुर्व अर्थमन्त्री विष्णु पौडेललाई पनि मन्त्रीको उपहार दिने तयारी गरिएको छ । उनीहरूले महत्वपूर्ण मन्त्रालय समाल्नेगरी तयारी गरिएको स्रोत बताउँछ । यी बाहेक सुरेन्द्र पाण्डेलाई पनि राम्रो जिम्मेवारी दिने तयारी भएको बताइएको छ।

हालका रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुन तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पुनर्गठित मन्त्रिपरिषदमा पनि स्थान पाउने देखिएको छ।

प्रचण्डको आग्रहमा खानेपानीमन्त्री बिना मगरले निरन्तरता पाउने देखिएको छ । प्रचण्ड तर्फका भने पम्फा भुसाल र जनार्दन शर्माले स्थान पाउने पक्का जस्तै रहेको नेकपाकै नेताले बताएका छन् ।