बृहत् घोडाघोडी साँस्कृतिक महोत्सवमा गायक खाँडले नचाए ८९ वर्षिय वृद्धलाई(फोटो फिचर) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बृहत् घोडाघोडी साँस्कृतिक महोत्सवमा गायक खाँडले नचाए ८९ वर्षिय वृद्धलाई(फोटो फिचर)



विशाल पाण्डेय
सुखड , कैलाली ।।  शिक्षा तथा प्राकृतीक बिकास मञ्च सुखडको आयोजनामा सुरु भएको बृहत् घोडाघाडी साँस्कृतीक महोत्सवमा शनिबार राष्ट्रिय  गायक रामजी खाँडले ८९ वर्षिय वृद्ध लगाएत अन्य उपस्थित दर्शकलाइ  छम छमि  नचाएका छ्न । नाम सतलिया बिस्ट  र आफ्नो घर कालिकोट बताउने उहाँले गायक खाँडको विभिन्न गितमा नाचेर साथ दिनु भयो ।

एक – एक जोडे दुई हुन्छ , काली पनि देखियो ,गोरि पनि देखियो , मन परेको मान्छेको नाम दिलमै लेखिन्छ  लगाएत अन्य गित गाय सङ्गै दोहोरि खेलेर समेत गायक खाँडले दर्शकलाइ भरपुर मनोरञ्जन दिए ।

“शिक्षा ,संस्कृती , प्रर्यटन र व्यापार घोडाघोडी नगर समृद्धीको आधार ” भन्ने मुल नाराका साथ बृहत्  घोडाघाडी साँस्कृतीक महोत्सवको दोस्रो दिन राम जि खाड ,तथा स्थानीय कलाकार हरुको प्रस्तुति रहेको थियो ।

पुस ४ गते सम्म चल्ने महोत्सवमा टुहुरा वालवालिका, अपांगता ,वृद्धबृद्धाहरुका लागि सहयोग गर्ने मुख्य उदेश्यले महोत्सव शुरु भएको हो ।  मेलामा थारु गाँउ ,मगर गाँउहरुको पनि अवलोकन गर्न सकिने आयोजकले बताएको छ ।

आइतबार रास्ट्रिय गायक चक्र बम  तथा गायिका सपना साही लगाएत स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुती रहने आयोजकले जनाएको छ।