विराटनगरले भैरहवालाई १ रनले पराजित गर्दै जित्यो इपीएलको उपाधि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विराटनगरले भैरहवालाई १ रनले पराजित गर्दै जित्यो इपीएलको उपाधि



काठमाडौं ।।  भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्लै उपाधि जितेको हव।

१५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान रस खड्काले २७ रन योगदान गरे। अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४ रन जोडे। यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका विदेशी खेलाडी बाबर हायत ११ रन बनाएर आउट भए।

बलिङमा भैरहवाका हरीशंकर शाह र कृष्ण कार्कीले २-२ विकेट लिए।

जवाफले भैरहवाले पूरै २० ओभरका ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो। भैरहवालाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। तर भैरहवाले अन्तिम ओभरमा २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।

भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन।

उनले सर्वाधिक ५२ रनको योगदान गरे। यस्तै प्रथम सालुन्केले ३० रन बनाए।

ओपनर राहुल यादव चौथो ओभरमा ६ रन बनाएर आउट भएपछि प्रथम र शरदले दवस्रो विकेटका लागि ६८ रनको साझेदारि गरेका थिए। विराटनगरका अंशुमन रथले बलिङ गरेको आठौँ ओभरमा भैरहवाले ३६ रन जोडेको थियो।

उक्त ओभरमा शरदले रथलाई चार छक्का र एक चौका प्रहार गरे। एउटा छक्का नोल बलमा प्रहार गरेका थिए। रथले उक्त ओभरमा ३ वाइड बल फ्याँकेका थिए। यस्तै भैरहवाको जितमा आरिफ शेखले २७ रन जोडे। बलिङमा विराटनगरका करण केसी र कप्तान पारसले १-१ विकेट लिए।

उपाधिसँगै विराटनगरले नगद २१ लाख पुरस्कार हात पारेको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर भैरहवाका रोहित कुमार पौडेल घो‍षित भए। यस्तै म्यान अफ दी सिरिज विराटनगरका बाबर हायत चुनिए।