बिर र अस्मिताको "कैलाली बौनिया में उ तोहार घर बा" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिर र अस्मिताको “कैलाली बौनिया में उ तोहार घर बा” सार्वजनिक (भिडियो सहित)



कैलाली । पछिल्लो समयमा थारु म्युजिक भिडियो निर्माण हुने क्रमले एकदम गति लिएको छ । यसै क्रममा १ साता अघि मात्रै “कैलाली बौनिया में उ तोहार घर बा” भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नव गायिका सिर्जना चौधरीको शब्द र स्वरमा सजिएको गीत केशव बडुले एरेन्ज गरेका छन् । यस्तै गीतमा गायक रोशन रत्तगैयाले र्‍याप दिँदै सुगन्ध मिसाएका छन् ।

काठमाडौं स्थित तरंग डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत गायक रोशन रतगैयाको उनको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा थारु म्युजिक भिडियोका चर्चित मोडल बिर चौधरी र अस्मिता चौधरी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । नारायण नेपाललको मेकअप मोडेल बिर चौधरीकै कन्सेप्ट निर्देशनमा रहेको भिडियोको छायांकन बिहारी दहितले गरेका छन् भने म्युजिक भिडियोको निर्माता श्री नारायण चौधरी रहेका छन् । निर्माण पक्षका अनुसार भिडियोले दर्शकहरुको राम्रो माया पाईरहेको जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस :