प्रहरीलाई सुराकी गरे कारबाही गर्ने विप्लव समूहको चेतावनी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रहरीलाई सुराकी गरे कारबाही गर्ने विप्लव समूहको चेतावनी



काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बारे प्रहरीलाई सुराकी नगर्न चेतावनी दिएको छ।

बिहिबार गर्दै पार्टीका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । साथै विज्ञप्तिमा जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिएका दुई जना प्रहरीलाई छाडेको जनाएको छ ।

सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर चेतावनी दिँदै स्थानीयको रोहबरमा छाडेको नेकपाले विज्ञप्तिमार्फत जनाएको हो ।

पार्टीको कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा प्रहरीद्वय सुराकी गर्न आएको आरोप लगाएको छ । उनीहरुलाई केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामीमी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।