म्युजिक अवार्डको भोटिङ लाइन खुल्ला - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

म्युजिक अवार्डको भोटिङ लाइन खुल्ला



विशाल पाण्डेय / सुखड, कैलाली ।

नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका कलाकारहरुको भोटिङ लाइन खुल्ला गरिएको छ ।

म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका १८ विधाका ४८ जना कलाकारहरुलाई टप १० मा पुर्‍याउनको लागि आइतबारदेखि भोटिङ लाइन खुल्ला गरिएको विन्दास म्युजिक अवार्डका संयोजक हरेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

भोटिङ गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर बि एम एम ए टाइप गरि एक स्पेस छोडी भोटिङ कोड लेखेर ३४१०० मा (BMMA >SPACE VOTING CORD SEND TO 34001) म्यासेज पठाउन सकिने संयोजक चौधरीले जानकारी दिनुभयो ।

लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १ र २ गते धनगढीमा म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको संयोजक चौधरीले जानकारी दिनुभएको छ ।

अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत भोटिङ , ५० प्रतिशत जुरी मेम्बर र १० प्रतिशत आयोजकको तर्फ बाट गणना गरि फाइनल छनोट गरिने संयोजक चौधरीले बताउनु भयो । अन्तिम भोटिङ फागुन महिनाको २९ गते राती १२ बजे बन्द हुने हिमाल पोस्टलाई बताउनु भयो ।

कलाकारहरूको नाम र भोटिङ कोडहरु :